गोविन्द केसीलाई बचाउन दुई पूर्वप्रधानन्यायाधीश सडकमा उत्रिए
विगत १५ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनसनमा बसिरहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन र उनको जीवन रक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वोच्च अदालतका दुई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशिला कार्की सडकमा उत्रिएका छन् ।
माइतीघरमा पूर्वप्रधानन्यायाधीश सहित पूर्वउपकुलपति, नेता, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा हुन लागेका छन् ।प्रदर्शनमा उनीहरूसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, नेताहरू गगन थापा, रवीन्द्र मिश्र, उज्ज्वल थापा, मानवअधिकारकर्मी चरण प्रसार्इं, कृष्ण पहाडीलगायत पनि सहभागी हुनेछन् ।डाक्टर, नर्स, कानून व्यवसायी सम्मिलित विभिन्न १३ संघसंस्थाले समेत आजको प्रदर्शनमा साथ दिने भएका छन् । डा. अभिषेक सिंहले शनिबारको प्रदर्शनमा विभिन्न पेशाकर्मी तथा सर्वसाधारणसहित हजारौंको सहभागिता रहने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया