लकडाउनले ७० लाख महिलामा अनिच्छित गर्भको जोखिम : यौनमा संयमिता जरुरी

गोपाल ढकाल,मनोबिद
राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले कोभिड-१९ को महामारी विश्वव्यापि फैलिरहँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुदा ७० लाख महिलामा अनिच्छित गर्भरहने जनाएको छ।
विश्वव्यापी कोरोना संक्रमणले यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेकाछन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौनजीवन आदिजस्ता कुरामा पनि परेको छ ।
मानिसका लागि आधारभूत आवश्यकताका अन्य वस्तु झैं यौन क्रियाकलाप पनि अत्यावश्यक कुरा हो । तर, अहिलेको लकडाउन र सेल्फ क्वारेन्टाइनले यौनको परिपूर्तिमा असर गरेको अनुमान गर्न सकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौनजोडीमध्येको कुनै एक जनामा यदि कोरोनाको संक्रमण भएको रहेछ भने अर्को यौन पार्टनरलाई सर्ने जोखिम हुन्छ । यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले त जोखिम झनै बढाउँछ । एक प्रेमीले आफूलाई कोरोना सारिदिएको भन्दै इटालीमा एक युवकले आफ्नी डाक्टर प्रेमिकाको हत्या गरेको दुःखद् समचार आएको छ ।
यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन । यौनजोडीहरु, जो लामो समयदेखि सँगै बसिरहेका छन र दुवैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौन सम्बन्ध राख्न कुनै बाधा पर्दैन । तर, यस्तो समयमा अपरिचित, परपुरुष तथा परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ । कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा वैकल्पिक उपायका साधनहरुको प्रयोग बढेर गएको छ । विश्वमा नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । पोनसाईट भिजिट गर्नेको संख्या बढेको तथा पोर्नस्टारहरुको कमाइ एवं माग बढेका समचारहरु आइरहेका छन् ।
लकडाउनको समयमा अहिले व्यक्ति फुर्सदिलो भएको छ । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा अझ बढी ध्यान जान सक्छ । धेरैलाई कोरोनाको डर–त्रासले तनाब बढाएको छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द र मनोरञ्जनको माध्यम बनाउने जोखिम पनि बढ्छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि यस्तो अवस्थामा व्यक्ति यौनकर्मप्रति लालायित हुन पुग्छ ।
यौन क्रियाकलापका निम्ति यौनजोडीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । लामो समयदेखिको तनावले यौनजोडीमा यौनक्षमता तथा चाहना कम भएको हुन सक्छ । कोरोनाको भय–त्रासका कारण यौनजोडी तनावमा हुन सक्छ । असुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा रिस, आवेग, चिटचिटाहट बढेर जान्छ । विपत्तिको यस्तो अवस्थामा यौनजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नु हुँदैन । त्यसले वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुन सक्छ । यो कुरामा विचार नपुग्दा यौनहिंसा तथा घरेलु हिंसाको कारण बन्न पुग्छ । कोरोनाको डर–त्रास र तनावलाई बिर्सन रक्सीको सहारा लिने गरेको पाइन्छ । नसामा भएका बेला व्यक्तिमा यौन उच्छृंखलता बढ्छ । नसाले यौनमा जोरजबर्जस्ती तथा यौनहिंसा बढाउन सक्छ ।
लकडाउनको समयमा विश्वभरि नै महिलाहिंसा र यौनहिंसा बढेर गएको तथ्यांकले देखाएको छ । पारपाचुके गर्नका लागि निवेदन दिनेहरु पनि बढेका समचारहरु आइरहेका छन् । यी घटनाहरु बढनुका पछाडि केही खास कारणहरू छन् । लकडाउनका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हुन सक्छ । विपत्ति र रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित पनि हुन सक्छ । चाहना नगरेको गर्भ रहन सक्छ, जसले यौनजोडीका दुवैलाई तनाव थपिदिन्छ । इच्छा नहुँदा–नहुँदै गर्भ रहयो र बच्चा जन्माउनुपर्यो भने त्यसले आामा र बच्चा दुवैको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्याउँछ । प्लान नगरेको बच्चालाई जन्माउनु पर्दा बच्चा जन्मिसकेपछि पनि आमालाई पोस्टनेटल डिप्रेसन हुने जोखिम बढ्छ ।
अर्को कुरा, लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ । भावनात्मक रुपमा एक–अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ, आत्मबल बढेर जान्छ र शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ । तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौनलाई भने प्रोत्साहन गर्नुपर्छ ।
गोपाल ढकाल,मनोबिद
लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया