नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट बन्दै
 
		
	 नुवाकोट । नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ ।
नुवाकोट । नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ ।
सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्ड फिल्डसाइटको निर्माणको गति सुस्त छ । लकडाउनका समयमा काम गर्न निर्माण सामाग्रीको उपलब्धता र ढुवानी जस्ता समस्याले अप्ठ्यारो छ । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी चालु आर्थिक बर्षको अन्तिमसम्ममा बञ्चरे डाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताउँछन् । ठेकदारलाई यसैअनुसार काम गर्न भनेको उनले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन थाल्ने र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्ने कामलाई बिशेष प्राथमिकता दिएको बताए । ‘फोहोर व्यवस्थापनसँग सम्बन्धित कामबाट कसैले पनि प्रभावित हुन नपरोस् । यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा छौं,’ अर्यालले भने । हरेक वर्षामा सिडोलको ल्यान्डफिल साइट भरिएर सवारी जानै कठीन हुने अवस्था छ । जसले गर्दा वर्षाभरि फोहोर उठान बन्द गरिन्छ । बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न ०७६ बैशाख २२ गते लुम्बिनी-कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । एक बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का भएपनि ढिलाइ भएको छ ।
भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएको थियो । सम्झौता भएपछि कोशी एण्ड न्यौपानेको स्वामित्व परिवर्तन भयो । यहीकारण क्लालिटी एस्युरेन्स प्लान -क्युएपि) र मोबिलाइजेसन वापत् ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन सकेन । समस्या यहीँबाट शुरु भएको थियो । गत पुस २२ गते ठेक्केदारले परिवर्तित कार्यतालिका -रिभाइज्ड बर्क सेड््युल) पेश गरहेको थियो । तर, पेश गरेको तालिका अनुसार काम हुन सकेको छैन । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा चिन्ता छ ।
फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ । २०६२ साल जेठ २२ गतेबाट काठमाडौं उपत्यकामा उत्पादन भएको फोहोर नुवाकोटको ककनी गाउँपालिकाको ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेटि्रक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पुर्याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्यांक हो ।
यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको थप फोहोर पनि छ । यसको तथ्यांक यकिन छैन । १ हजार ४५ मेटि्रक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।
उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेटि्रक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्यांकले देखाउँछ ।
काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।
अहिलेसम्म फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन भइरहेको छ । साइटको क्षमता सकिएर ‘पोष्ट क्लोजर’ गर्नुपर्ने अवस्थामा पुगेको छ ।
अनलाईन खबरबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया