मेरोमाइक्रोफाइनान्सले दियो विदुर नगरपालिकालाई आर्थिक सहयोग
नुवाकोट । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थाका लागि बिदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागि फाइनान्सका बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितलाई ५० हजारको चेक प्रदान गरिएको हो ।
चेक हस्तान्तरणको क्रममा प्रमुख पण्डितले फाइनान्स गतिविधिलाई र प्रशम्सा गर्नु हुँदै आफ्नो कारोबार नाफासङ्ग मात्र नजोडी स्थानियहरुसंगको सम्बन्धलाई आत्मियतासंग जोड्न सके संस्थाले ब्यबसायिक सफलता प्राप्त गर्न सक्ने बताउनु भयो । यहि सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया