मेरोमाइक्रोफाइनान्सले दियो विदुर नगरपालिकालाई आर्थिक सहयोग

विदुर खबर २०७७ वैशाख २४ गते २०:४०

नुवाकोट । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय  रहेको  मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थाका लागि बिदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग गरेको छ ।

Advertisement

कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागि फाइनान्सका बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितलाई ५० हजारको चेक प्रदान गरिएको हो ।

चेक हस्तान्तरणको क्रममा प्रमुख पण्डितले फाइनान्स गतिविधिलाई र प्रशम्सा गर्नु हुँदै आफ्नो कारोबार नाफासङ्ग मात्र नजोडी स्थानियहरुसंगको सम्बन्धलाई आत्मियतासंग जोड्न सके संस्थाले ब्यबसायिक सफलता प्राप्त गर्न सक्ने बताउनु भयो । यहि सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ ।

Advertisement

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया