सिमरा गोल्डकप : मोरङलाई हराउँदै थ्रीस्टार फाइनल प्रवेश
२ फागुन, सिमरा । मोरङ फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
थ्रीस्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १/१ गोल गरे । मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
खेलको पहिलो हाफमा २-० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रीस्टारले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ८० औं मिनेटसम्म मोरङलाई ४-० गोल अन्तरले दबाबमा राखेको थ्रीस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनेटमा लगातार २ गोल फर्कायो ।
प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिश्चित भएपछि पहिलो रोजाइका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए ।
सिजनका दुई ठूला प्रतियोगिता जितेको थ्रीस्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३ औं मिनेटमा विष्णु गुरुङले गोल गरेका थिए । सुनील बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए ।
खेलको ३५ औं मिनटमा सुनील बलले थ्रीस्टारको अग्रता दोब्बर पारे । डी बक्स बाहिरबाटै सुनील प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ४९ औं मिनटमा डी बक्सभित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्रीस्टारको अग्रतालाई ३-० मा पुर्याए ।
खेलको ७७ औं मिनेटमा थ्रीस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो । निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थि्रस्टारको जित सुनिश्चित गरे ।
गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रीस्टारको अग्रता ४-१ मा झर्यो ।
मोरङका कर्ण लिम्बुले खेलको ८१ औं मिनटमा पहिलो गोल गरे । डी बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रीस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन् ।
त्यसलगत्तै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रीस्टारको अग्रता ४-२ मा झार्यो । कर्ण लिम्बुले खेलको ८४ औं मिनटमा दोस्रो गोल गरे ।
दुई गोल गरेका थ्रीस्टारका सुनिल बल म्यान अफ दि म्याच घोषित भए । बिहीबार अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र वीरगञ्ज यूनाइटेड क्लबबीच हुँदैछ ।
मोरङका प्रशिक्षक पारस चौधरीले पहिलो हाफमै २ गोलले पछि पर्दा खेल गुमाएको प्रतिक्रिया दिए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।
अन्तिम समयमा नयाँ गोलरक्षकलाई प्रयोग गर्दा २ गोल खाए पनि टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।
-OnlineKhabar
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया