नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो

विदुर खबर २०७७ वैशाख २३ गते १८:३६

नुवाकोट । नेपालमा कोरोना भाइसरबाट संक्रमति हुनेहरुको संख्या ८२ पुगेको छ ।

Advertisement

प्रदेश १ मा ३१ जनामा कोरोना भायरसको संक्रमण पुष्टि भएको छ भने प्रदेश २ मा १३ जनामा पुष्टि भएको छ। बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतिमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन्। १६ जना उपचारपछि निको भइसकेका छन् भने ६६ जना उपचारको क्रममा छन्।

Advertisement

नेपालमा हालसम्म १३ हजार ८ सय ५० जनाको पिसिआर विधिबाट कोरोनाको स्वाब परीक्षण भएकोसमेत प्रवक्ता देवकोटाले बताए। कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन्।  मुलुकभर अहिले २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया