समस्यामा परेका मजदुरलाई नुुवाकोट ट्रेड युनियनको सहयोग
बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनका कारण मजदुरी गर्ने अवसरबाट समेत बञ्चित भई समस्यामा परेका मजदुरहरुलाई सहयोग उपलब्ध गराएको छ ।
श्रमिक दिवसको अवसरमा शुक्रवार बिदुर नगरपालिका वडा नम्वर २ को शेरामा हुम्ला जिल्लाको कार्कीबाडाबाट आई मजदुरी गरीरहेका श्रमिकका परिवारहरुलाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराईएको युनियनले जनाएको छ ।
नुवाकोट उद्योग बाणिज्य संघकी बरिष्ठ उपाध्यक्ष गीता अमात्यको समन्वयमा सेरामा रहेका तीन परिवारलाई प्रति परिवार एक–एक बोरा चामल सहित नुन, तेल, मस्यौरा, दाल, मास्क र बालिकाहरुलाई कपडा समेत उपलब्ध गराईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका उपाध्यक्ष जनार्दन सिलवालले जानकारी दिएका छन् ।
युनियनले लकडाउन पछि निरन्तर समस्यामा परेका श्रमिकहरुलाई सहयोग गर्दे आएको र आगामी दिनमा पनि यो कामलाई निरन्तरता दिईने जिल्ला अध्यक्ष शिव देबकोटाले बताए ।
यसैबिच श्रमिकका समस्याहरुको समाधानका लागि बिशेष कार्यक्रम ल्याउन माग गर्दे शुक्रवार नै ईमेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया