लकडाउन खुकुलो बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउन सरकारलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुक्रबार छलफल भएपछि समितिले लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको उल्लेख गर्दै खुकुलो बनाउँदै पूर्ण रूपमा खोल्ने योजना तर्जुमा गर्न निर्देशन दिएको हो । समितिका सभापति परशुराम मेघी गुरुङले लकडाउन खुकुलो बनाउँदै लाने रणनीति सरकारले ल्याउनुपर्ने बताए । ‘खतरा भएको ठाउँ छुट्याएर अन्य ठाउँमा लकडाउन खुकुलो गर्न सकिन्छ । काठमाडौंमा धेरै खतरा देखिएको छैन । बाहिरको आउजाउ रोकेर यहाँ खुकुलो बनाउन सकिन्छ,’ उनले भने ।
समितिको बैठकमा मन्त्री ढकालले लकडाउनलाई कसरी खुकुलो र व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल भइरहेको जानकारी गराएका थिए । ‘कृषि र उद्योग क्षेत्रलाई ख्याल गरेर केही खुकुलो बनाउन सकिन्छ कि भन्ने सोचिरहेका छौं,’ उनले भनेका थिए । मन्त्री ढकालले जनताले लकडाउनको नियम पालना गरेकाले संक्रमण फैलिन नपाएको बताएका थिए । ‘नेपाल कोभिड–१९ को उच्च जोखिममा छैन तर ढुक्क हुने अवस्था नभएकाले लकडाउनलाई नयाँ ढंगले अघि बढाउन पहल गर्दैछौं,’ उनले भनेका थिए । संसदीय समितिले कोभिड–१९ को संक्रमण यकिन गर्न कम्तीमा हरेक परिवारको एक सदस्य छनोट गरी स्वास्थ्य परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य परीक्षणको दायरा बढाउन जनस्तरबाट आवाज उठिरहेका बेला समितिको बैठकले शुक्रबार यस्तो निर्देशन दिएको हो । समितिले स्वास्थ्य सामग्रीको भण्डारणमा ध्यान दिनुपर्ने भन्दै कोभिड–१९ नियन्त्रणका लागि आदेश जारी गर्दा वा योजना बनाउँदा विज्ञको सल्लाह लिन सरकारलाई निर्देशन दिएको छ । सरकारका निर्णय परदर्शी हुनुपर्नेमा पनि समितिले जोड दिएको छ ।
समितिले कोभिड–१९ रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न सरकारलाई सुझाएको छ । समितिले संघीय जनप्रतिनिधिको प्रतिनिधित्वमा कोभिड–१९ नियन्त्रणका लागि संरचना बनाउन सरकारलाई निर्देशन दिएको छ । राज्यका सबै निकायबीच समन्वय गर्नुपर्नेमा पनि समितिले जोड दिएको छ ।समितिले कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेशबाट आउने नागरिकको व्यवस्थापन गर्न योजना बनाउन र सीमाबाट फर्केकाको स्वास्थ्यमा विशेष निगरानी राख्न पनि सरकारलाई निर्देशन दिएको छ । ‘न्यून आय भएका ज्यालादारी र किसानको समस्या तत्काल हल हुने गरी योजना बनाउनुपर्छ,’ समितिको निर्णयमा उल्लेख छ ।
उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिनेलाई कारबाही गर्न समितिले निर्देशन दिएको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि स्थानीय तहसँग समन्वय गरी बिक्रीवितरणमा सहयोग गर्न समितिले सुझाएको छ । समितिले अल्पकालीन १७ वटा र दीर्घकालीन १६ वटा बुँदामा सरकारलाई निर्देशन दिएको सभापति गुरुङले जानकारी दिए । ‘सरकारले कोभिड–१९ का सम्बन्धमा गरेका निर्णय र उपलब्धिको जानकारी समितिलाई दिन पनि भनेका छौं,’ उनले भने ।
कान्तिपुरबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया