कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

विदुर खबर २०७७ वैशाख १७ गते ८:४७

नुवाकोट ।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार (आज) बस्दैछ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सरकारले चालेका कदमको मूल्यांकन गर्ने बताइएको छ।

लकडाउनकै समयमा सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेका कदमलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ। सरकार अधिनायक दिशामा रहेको आरोप लगाएको कांग्रेसले लकडाउनपछि सरकारविरुद्ध गरिने गतिविधिका विषयमा समेत छलफल हुने बताइएको छ।
Advertisement

आजको बैठकले संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ। राहत वितरणमा विभेद गरिएको आरोप लगाएको कांग्रेसले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउने भएको छ।

बैठक बुधबार नै सकिने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

Advertisement

प्रतिक्रिया