खेतबारी बाँझो नराख्न विदुर नगरपालिकाको आग्रह

विदुर खबर २०७७ वैशाख १५ गते १९:३६

विदुर । विदुर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कृषकहरुलाई खेतबारी बाँझो नराख्न आग्रह गरेको छ ।

Advertisement

सोमबार बसेको नगरपालिकाको बैठकले नगरक्षेत्रभित्र रहेका कृषकहरुलाई समयअनुकुलका कृषि उपजहरु लगाउन आग्रह गरेको हो । त्यस्तै नगरपालिकाले आफुसँग रहेको जमिन बाँझो नराख्न आग्रह गर्दे आफुले नसके अरुलाई कृषि कार्य गर्नदिन समेत सबैसँग आग्रह गरेको छ ।

त्यस्तै बैठकले रसायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि सामाग्री केन्द्र,साल्ट ट्रेडिङ्ग कम्पनीका कर्मचारीहरुसँग छलफल गरि धान तथा अन्य कृषि सामाग्रीको विउ विजन सहज रूपमा उपलब्ध गराउन आग्रह गरेको छ ।
त्यस्तै बैठकले कृषकको लागि उन्नत जातको विभिन्न जातको धानको विउ विजनको आवश्यकताको विवरण वडाबाट संकलन गरी वडा अध्यक्षको नेतृत्वमा गठन हुने समिति मार्फत सहज रूपमा वितरण गराउने निर्णय गरेको छ ।

Advertisement

बैठकले किसानहरुलाई राहात दिने विषयमा समेत छलफल गरेको छ ।

प्रतिक्रिया