करेन्ट लागेर पट्टाबारीमा एकब्यक्ती घाईते

विदुर खबर २०७५ असार ३० गते ६:५९

नुवाकोट : करेन्ट लागेर नुवाकोटमा एकब्यक्ती गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा जिल्लाको लिखु गाउपालिका स्थित पट्टाबारीमा फ्युजको काम गर्ने नेपाल बिधुत प्राधीकरणका कर्मचारी रामबाबु लामिछाने रहेका छन ।

घाईतेको गाला, खुट्टा लगायत शरिरको बिभिन्न भाग जलेको स्थानीय हरी रानामगरले जानकारी दिए । बिधुत फ्युजको काम गर्ने क्रममा अर्कै फ्युज बन्द हुन पुगेकाले दुर्घटना भएको जनाईएको छ । घाईतेलाई अहिले उपचारको लागी काठमाण्डौ लगिएको छ ।

प्रतिक्रिया