विवादित अध्यादेश फिर्ता लिने सरकारको निर्णय
विदुर खबर
२०७७ वैशाख १२ गते १३:५४

नुवाकोट । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।
वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया