नेकपाभित्र चरम विवाद : प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादीको छुट्टै भेला

विदुर खबर २०७७ वैशाख ८ गते २०:५४
नुवाकोट । मन्त्रीपरिषद्को बैठकमका दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
मन्त्रीपरिषद्को निर्णयसँगै पूर्व माओवादीका सबै मन्त्रीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास ललितपुरस्थित खुमलटार बोलाएका छन् । पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका  छन् । आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए । तर मन्त्रीपरिषदले पारित गरेर आज नै राष्ट्रपति समक्ष पठाउने निर्णय भएको छ । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ

प्रतिक्रिया