धादिङमा जीप दुर्घटना, एक १ को मृत्यु, ८ घाइते
विदुर खबर
२०७७ वैशाख ७ गते २१:०५

धादिङ । बेनिघाट रोराङ ४ आरन भञ्ज्याङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
मलेखु बजारबाट तरकारी बेचेर फर्केका किसानहरुलाई लिएर वडा नं ४ को खहरे जाँदै गरेको बा. १ क ८७३६ नम्बरको उक्त जीप अपरान्ह ४ बजे आरन भन्ज्याङको सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।
जीप दुर्घटनामा मातातीर्थ औंसीमा आमाको मुख हेर्न आउँदै गरेकी ज्वालामुखी १ देविटारकी सरु बस्यालको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना घाइते भएको गजुरीस्थित प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
सख्त घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने ३ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । सामान्य घाइते २ जनालाई प्राथमिक उपचारपछि घर फर्केका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया