त्रिशुलीमा र बट्टारमा आज कोरोेनाको ¥यापिड टेस्ट गरिँदै

विदुर खबर २०७७ वैशाख ७ गते ७:४९

नुवाकोट । नुवाकोटको त्रिशुली र बट्टामा आज कोरोना भाइरसको ‍¥यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडीटी) हुने भएको छ ।

Advertisement

विदुर नगरपालिकाको आयोजना र स्वास्थ्य कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा विदेशबाट फर्किएका विदुर नगरपालिकाका सर्वसाधारणहरुको ¥यापिड टेस्ट हुन लागेको विदुर नगरपालिकाका नगरप्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । ¥यापिड टेष्ट त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालय त्रिशुली र नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा हुने विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो ।

त्यस्तै विदुर नगरपालिकामा स्थाई रुपमा बसोवास गर्दै विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परिक्षण गर्न लागिएको स्वास्थ्य कार्यालउ नुवाकोटका फोकल पर्सन जर्नादन सिलवालले जानकारी दिनुभयो ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले विदेशबाट फर्किएका २ सय ८७ जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ । यसअघि विदुर नगरपालिकाको क्वारेन्टाइनमा वसेकाहरुको ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिसकेको छ ।

प्रतिक्रिया