कोरोना अपडेट : नुवाकोटमा ¥यापिड टेस्ट गरेका सबैको नतिजा नेगेटिभ

विदुर खबर २०७७ वैशाख ४ गते १४:११

नुवाकोट । नुवाकोटमा विदेशवाट आएकाहरुको गाउं गाउंमा पुगेर ¥यापिड टेष्ट गर्ने कार्य गरिएको छ ।

Advertisement

नुवाकोटका १३ स्थानमा ¥यापिड टेष्ट गर्ने कार्य सकिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभएको छ । पहिलो चरणको ¥यापिड टेष्ट गर्ने कार्य अन्तरगत १३ स्थानका गाउंमै पुगेर चिकित्सकसहितको टोलीले दुई सय ८७ जनाको ¥यापिड टेष्ट गरेकोमा सवैको नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुशारजिल्ला अस्पतालमा १, खरानीटार स्वास्थ्य केन्द्रमा १, त्रिशूलीस्थित सरकारी क्वारेन्टाइमा १४, वेलकोटगढी नगरपालिकामा ५४, तारकेश्वरम ७९, दुप्चेश्वरमा १०, तादीमा १३, किस्पाङमा १५, पन्चकन्यामा १२, शिवपुरी गाँउपालिकामा २५ जनाको ¥यापिड टेष्ट गरिएको छ । यसैगरी, ककनीमा १०, लिखुमा १९, सुर्यगढीमा ११ र म्यागङमा २३ जनाको ¥यापिड टेष्ट गर्ने कार्य सकिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरु सवैको कोरोना नेगेटिभ आएको छ । यससंगै नुवाकोटमा पहिलो चरणको ¥यापिड टेष्ट गर्ने कार्य सकिएको छ ।

Advertisement

फागुनको अन्तिम सातादेखि विदेशवाट आएकाहरुको परिक्षण गरिएको हो । वागमति प्रदेश सरकारको आपुर्ति विभागले पांच दिन अगाडि नुवाकोटमा परिक्षणका लागि तीनसय थान किट पठाएपछि गाउं गाउंमै पुगेर कोरोना संक्रमितको पहिचानका लागि ¥यापिड टेष्ट गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभएको छ ।

प्रतिक्रिया