घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाअध्यक्ष रञ्जित

विदुर खबर २०७७ वैशाख ३ गते २२:१६

सिमुटार । विदुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लेनिन रञ्जित घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणमा लागि परेका छन ।

Advertisement

लकडाउनको कारण सामाजिक सुरक्षा भत्ता बैकसम्म लिन जान सक्ने अवस्था नभएकोले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाअध्यक्ष लेनिन रञ्जितले जाकानरी दिनुभयो । वडाअध्यक्ष रञ्जितले वडाकै सबैभन्दा बढी उमेरकी सिमुटार निवासि १०३ वर्षिया धन दिव्यश्वरी थपलियालाई सामाजिक सुरक्षाभत्ता वितरण गरि घरघरमा सामासजक सुरक्षा वितरण गर्न अभियानको थालनी गरेका थिए ।

यसअघि विदुर नगरपालिकाले बैँकहरु मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दे आएपनि कोराना भाइरसले नेपालमा पनि जोखिम बढ्दै गएको तथा सरकारले लकडाउन (बन्दाबन्दी) जारी गरी रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरेको अवस्थामा नगर कार्यपालिकाकोे बैठकको निर्णयानुसार वुद्धवुद्धा बैंकसम्म आउन नसक्ने भएकोले घर घर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाअध्यक्ष लेनिन रञ्जितले बताउनुभयो ।

Advertisement

घरघरमा नै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेपछि स्थानिय वृद्धवृद्धाहरु भने खुशी भएका छन । घरघरमा सामासजक सुरक्षा वितरण गर्ने कार्यलाई सघाउन वडासदस्य शिव खड्गे, रुपा थापा र सचिव विष्णु गजुरेल समेत पुगेका थिए ।

प्रतिक्रिया