वडाअध्यक्ष हुन् त पन्चकन्या गाउँपालिकाका धुव्र मिश्रजस्तो
विदुर । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले यहि चैत ११ गते देशभर लकडाउनको घोषणा गर्यो । त्यसपछि जिल्ला सुरक्षा समिति नुवाकोटले पनि जिल्लाभित्र निषेधाज्ञा जारी गर्यो । त्यसपछि नुवाकोटका सर्वसाधारण मात्रै हैन जनप्रतिनिधि पनि घरभित्र सुरक्षित बसिरहेका छन भने कुनै जनप्रतिनिधि ५ किलो चामल र एउटा साबुन दिएर राहात वितरण गरेको भन्दै फोटो प्रर्दशनीमा उत्रिएका छन ।
तर यति वेला नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष धु्रव्र मिश्रको भने अहिलेको दिनचर्या भने वडावासीको घरदैलोमा पुगेर सेवा दिँदै वितिरहेको छ । वडाअध्यक्ष मिश्रसँगै उनकी श्रमिती कमला अर्याल कबिलास,गुठिथोक, पाठकथोक,मिश्रथोक, कालिकास्थान र मठभन्ज्याङ्ममा जनताको निशुल्क सेवामा खटिएको भेटिने गरेका छन ।
कृषि र पशुका प्राविधिक समेत रहेका वडाअध्यक्ष मिश्रलाई स्वास्थ्य प्राविधिक रहेकी उनकी श्रीमति कमलाले पनि साथ दिइरहेकी छिन । वडाअध्यक्ष मिश्रले कृषि र भेटेनेरीकोतर्फ निशुल्क चेकजाँच गर्दा श्रीमती कमला भने मानिसहरुको स्वास्थ्य परिक्षणमा व्यस्त हुने गरेकी छिन ।
वडा नम्बर २ मा रहेका सबै घरघरमा पुगेर मानिस र पशुहरुको स्वास्थ्य परिक्षण गरेर लकडाउनको सदुपयोग गरेको वडाअध्यक्ष मिश्रले विदुर खबरलाई बताए । चेकजाँचको क्रममा कसैको अवस्था प्रतिकृल पाइएमा औषधी समेत निशुल्क वितरण गर्ने यनले जानकारी दिए । उनले सबै वडाको घरघरमा पुगेर काम गर्दा नभ्याएमा कषि प्राविधिक रहेकी छोरीले समेत साथ दिने उनले बताए ।
लकडाउनका कारण घरवाहिर निस्कन नसकेका अवस्थामा औषधीविहन भइरहेकाहरुका लागि समेत मिश्र दम्पति निशुल्क औषधी वितरण गर्दै हिँडिरहेका छन भने तरकारीका वियविजन समेत वितरण गर्दै हिँडिरहेका छन । यसअघि पनि किसानसँग वडाअध्यक्ष कार्यक्रम संचालन गरेका मिश्रले किसानको घरदैलोमा पुगेरै विषादी छर्कने पम्पहरुको कर्मम गरेर जनताको मन जितेका थिए ।
५ किलोको राहात बाँड्दै हिँड्दै एकदर्जन फोटो खिच्ने जनप्रतिनिधिले उनीसँग सिक्ने कि ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया