पन्चकन्या र लिखुका अभियान्ताद्धारा वृद्धवृद्धालाई खाद्यान्न वितरण
देविघाट । नयाँ वर्ष २०७७ को अवसर पारेर नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर १ र २ तथा लिखु गाउँपालिका वडा नम्बर २ का सामाजिक अभियान्ताहरुले देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका जेष्ठ नागरिकहरुलाई नयाँ वर्षको अवसर पारेर खाद्यान्न वितरण गरेका छन ।
मंगलवार पन्चकन्या गाउँपालिका वडा नम्बर १ का समाजसेवी भगवान पौडेल, वडा नम्बर २ का विष्णुहरी मिश्र, जीवन श्रेष्ठ, शिशिर मिश्र, लिखु गाउँपालिका वडा नम्बर ४ का रामचन्द्र अगस्ती र रामशरण श्रेष्ठले प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई करिव २५ हजार रुपैयाँ बरावरको खाद्यान्न सामाग्री वितरण गरेका हुन । वितरण खरिएका सामाग्रीहरुमा चामल,चियापति,तेल,चिनि, विस्कुट, प्याज ,आलु,दाल,नुन,तेल,डेटोल सावुन,दाँत माझ्ने पेष्ट र लगायत रहेका छन ।
विश्वभर फैलिएको कोरोना भाइरसको कारण सरकारले देशभर आह्वान गरेको लकडाउन तथा जिल्ला सुरक्षा समितिले नुवाकोटलाई निषेधाज्ञाको घोषणा गरेपछिको समयमा जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न खभाव नहोस भन्ने अभिप्रायले नयाँ वर्ष २०७७ को अवसर पारेर खाद्यान्न वितरण गरिएको समाजसेवी भगवान पौडेलले जानकारी दिए ।
पौडेलले आगामी दिनमा पनि असाहय गरिव, तथा विपन्न समुदायमा गएर विविध सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण





प्रतिक्रिया