कुवेतमा नुवाकोटकी एक महिलाको निधन
विदुर खबर
२०७६ चैत २९ गते ८:०८
नुवाकोट। रोजगारीको शिलशिलामा कुवेतको Ecovert Fm Cleaning कम्पनिमा कार्यरत मेघाङ गाउपालिका वडा न. ४ किम्ताङ नुवाकोटकी ३७ बर्षिय पासपोर्ट नम्बर ११०५६१८८ भएको सोनी तामाङ बलको क्यान्सर लागेर निधन भएको छ ।
कुवेतको फर्वानिया हस्पिटलमा उपचार हुँदा हुँदै ब्लड क्यान्सर भएको पत्ता लागेपछी कुवेतकै KCC क्यान्सर हस्पिटलमा रिफर गरि निरन्तर उपचारको क्रममा बिहीवार अप्रिल ९ तारिक २०२० करिब ४ बजेतिर दुखद निधन भएको जानकारी मृतकको देवर पूर्ण तामाङलर बताए ।
मृतकको नेपालमा श्रीमान, एक छोरा र एक छोरी पनि रहेका छन । मृतक गत डिसेम्बरको अन्तिम सातातिर कुवेत आएकी थिइन ।
Advertisement
मृतक शब अहिले हस्पिटल रहेको कानुनी प्रकृयाको लागि नेपाली राजदूतावास कुवेत र मृतक कार्यरत कम्पनीसँग कुरा गरिरहेका जानकारी समेत देवर पूर्ण तामाङले दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया