तत्काल रसुवागढी नाका नखुल्ने

विदुर खबर २०७६ चैत २७ गते १४:४१

नुवाकोट । तत्काल  रसुवागढी नाका नखुल्ने भएको छ ।

Advertisement

चीनले नेपाल सरकारलाई तत्कालको लागि नाका खोल्न नसकिने भन्दै पत्र पठाएको हो । नेपालले अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तातोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो । ‘चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यावश्यक वस्तु मात्रै चीनबाट आयात गर्ने सर्त छ,’ एक अधिकारीले भने ।

Advertisement

ती अधिकारीकाअनुसार, नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो । नेपालले आवश्यकतानुसार आयात निर्यात दुवै व्यापारका लागि नाका खोल्न चाहे पनि चीन नेपालबाट आयातमा अनिच्छुक देखिएको छ । हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

‘सबै तयारी पूरा गरे पनि अन्तिममा नाका नखुल्ने जानकारी प्राप्त भयाे,’ खड्काले भने ।

Advertisement

प्रतिक्रिया