नुवाकोटमा लकडाउनको अवज्ञा गर्ने ३१ ओटा मोटरसाइकल कारवाहीमा
नुवाकोट । नुवाकोटमा बुधवार सरकारले गरेको लकडाउन तथा जिल्ला प्रशासन कार्यालयले घोषणा गरेको निषेधाज्ञाको पालना नगर्ने ३१ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार लकडाउनलाई अवज्ञा गरि सवारी साधन संचालन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिई कारवाही लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
यसैविच जिल्ला प्रहरी कार्यालय नुवाकोटले लकडाउन तथा निषेधाज्ञाको पालना नगरेको भन्दै ६३ जनालाई केही समय होल्ड गरि सम्झाइबुझाई छाडिएको छ । बजार क्षेत्रमा व्यापक रुपमा मानिसहरु हिँड्न थालेपछि नुवाकोट प्रहरीले लकडाउन र निषेधाज्ञाका पालना नगर्नेहरुलाई समेत कारवाहीको दायरामा ल्याउन थालेको हो ।
यसअघि पनि नुवाकोट प्रहरीले लकडाउन तथा निषेधाज्ञाको अवज्ञा गरेको भन्दै झन्डै २ सय सवारीसाधनलाई कारवाहीको दायरामा ल्याइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया