नेपालमा स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे

विदुर खबर २०७६ चैत २६ गते १७:४५

नुवाकोट । नेपाली नागरिकहरुले कोरोना भाइरस(कोभिड–१९) संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् ।

Advertisement

शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार व्यक्त गरेका हुन् । शेयरकास्ट इनिसियटिभ नेपालका लागि मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६८.२ प्रतिशतले अवस्था सामान्य नहुँदासम्मका लागि लकडाउन गरेकै राम्रो हुने बताएका हुन्। त्यस्तै ५.९ प्रतिशतले भने अझै एक हप्ता लकडाउनको अवधि बढाउँदा राम्रो हुने बताएका छन्।

सरकारले दोस्रो पटक लकडाउनको अवधि बढाउँदै वैशाख ३ सम्म पुऱ्याएको छ। त्यस्तै सर्वेक्षणमा अझै २ हप्ता लकडाउन गर्नुपर्छ भन्नेहरु ५.९ प्रतिशत रहेका छन् भने ३ हप्ता र ४ हप्त गर्नुपर्छ भन्नेको संख्या क्रमश: १.७ प्रतिशत र १.६ प्रतिशत रहेको छ। त्यस्तै केहीले भने सरकारले लकडाउनको विकल्प सोच्नुपर्ने बताएका छन्। लकडाउनको साटो व्यापक रुपमा स्वास्थ्य परीक्षण र उपचारमा जोड दिनुपर्छ भन्नेहरुको संख्या ५.२ प्रतिशत रहेको छ। त्यस्तै यसबारेमा थाहा नहुने र भन्न नचाहनेको संख्या पनि ११.३ प्रतिशत रहेको छ।

Advertisement

 

प्रतिक्रिया