नुवाकोटमा भट्टीबाट संकलन गरिएका ७ सय ९० लिटर घरेलु मदिरा नष्ट

विदुर खबर २०७६ चैत २५ गते १५:१६
फाईल फोटो ।

नुवाकोट । नुवाकोट प्रहरीले लकडाउनको समयमा अटेर गरि संचालन गरिएका भट्टी पसलबाट जफत गरिएको सात सय ९० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

Advertisement

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अबैध घरेलु मदिरा नियन्त्रणको अभियान तथा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणकालिन अबस्थामासरकारद्दारा लागु गरेको लकडाउनलाई नमानी भट्टि पसल सञ्चालन गर्ने विभिन्न स्थानहरुबाट बरामद गरिएको मदिरा नष्ट गरिएको नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको नुवाकोट प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, प्रहरी उपरिक्षक काफ्लेले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ,

Advertisement

प्रतिक्रिया