लकडाउन फेरि एकसाता थपिने, प्रधानमन्त्रीले सम्बोधन गर्दै
विदुर खबर
२०७६ चैत २४ गते १५:२१

नुवाकोट । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लक डाउनको समय १ साता थप्ने भएको छ ।
दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।
आजको मन्त्रिपरिषदले लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने , स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप निर्णय गर्नेसमेत गर्ने बताइएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।लकडाउनको घोषणा गर्नुपूर्व दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।
सम्बन्धित
प्रतिक्रिया