जेष्ठ नागरिक र अनाथ बालबालिकालाई विदुर कर परामर्शको राहत

विदुर खबर २०७६ चैत २२ गते १९:१६

विदुर । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको विदुर कर परामर्श सेवाले शनिवार अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

Advertisement

विदुर कर परामर्शले विदुर नगरपालिका वडा नम्बर २ मा रहेको आमाको माया छात्रवास, देवीघाटमा रहेको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र त्रिशुली प्लसद्वारा भरणपोषण गरिरहेका एचआईभी लागेका व्यक्तिहरुको लागि खाद्यान्न सामाग्री वितरण गरेको हो । कर परामर्शले आफ्नो सामाजिक उत्तरदायित्तत्व अन्र्तगत आमाको माया छात्रवास, ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र एचआईभी लागेका व्यक्तिहरुको लागि खाद्यान्न सामाग्री वितरण गरेको विदुर कर परामर्शका प्रोपाइटर तथा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष  दिनेशकुमार श्रेष्ठले विदुरखबरलाई जानकारी दिनुभयो ।

शनिबार कर परामर्शले आमाको माया छात्राबासका अध्यक्ष सोमप्रसाद पाण्डे र देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई १२ बोरा चामल, १ बोरा दाल, २५ प्याकेट नुन, ३ बाकस सनफ्ल्वार तेल, २ बोरा आलु र तीन थान डिटोल ह्याण्ड वास गरी ३५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराएका हुन ।

Advertisement

लक डाउनको समयमा छात्रवास र ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई राहत दिन सहयोग गरेको समाजसेवी समेत रहेका श्रेष्ठले जानकारी दिनुभयो । अिहले आमाको माया छात्राबासमा २४ बालबालिका, त्रिशुली प्लसमा ४ र जेष्ठ नागरिक संरक्षण प्रतिष्ठानमा ३० जना वृद्धवृद्धाहरु रहेका छन् ।

प्रतिक्रिया