कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको अपिल

विदुर खबर २०७६ चैत २१ गते २१:३८

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी छिन् ।

Advertisement

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजयी हुने विश्वास व्यक्त गरिन् ।राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यानदिनु अति आवश्यक रहेको बताइन् । संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहननसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनले बताइन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु ।’

Advertisement

प्रतिक्रिया