Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटका अधिकांश क्वारेन्टाइन रित्तै

प्रकाशित मिती: २१ चैत्र २०७६, शुक्रबार १६:३८

नुवाकोट।  नुवाकोटमा कोरोना संक्रमण फैलन नदिन विभिन्न ठाउँमा क्वारेन्टाइन स्थल बनाइए पनि प्रायजसो रित्तै छन् ।

विदेश तथा जिल्लाबाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा ल्याउनै मुस्किल देखिएको छ । १२ वटा स्थानीय तहमा क्वारेन्टाइनका लागि २७९ वटा शय्या तयार पारिएका छन्। ११ वटा क्वारेन्टाइन स्थल विद्यालयमा छन्, तिनमा १ सय ४ शय्या राखिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा धेरै बेलकोटगढी नगरपालिकाले ७३ शय्या तयार पारेको छ। यहाँ चार विद्यालयमा क्वारेन्टाइन गरिए पनि कोही बसेका छैनन्।

विदुर नगरपालिकामा ४४ शय्याका क्वारेन्टाइन छन्। शैक्षिक तालिम केन्द्र भवनस्थित क्वारेन्टाइनमा १७ जना क्वारेन्टाइनमा बसिरहेका छन्। यहाँ शौचालय, पानी र सुरक्षाको हिसाबले सुविधा छ।

तारकेश्वर गाउँपालिकाले १९ बेड तयार राखेको छ। यहाँ एउटा क्वारेन्टाइन विद्यालयमा छ भने अरू स्वास्थ्यसंस्थामा छ। यो गाउँपालिकामा भारतबाट फर्किएका १ सय ५५ जना होम क्वारेन्टाइनमा छन्। ‘बनाएको क्वारेन्टाइन रित्तै छ,’ गाउँपालिका अध्यक्ष रमेश वस्तीले भने, ‘एक जना पनि बसेका छैनन्।’ तारकेश्वरका एक जना शंकास्पदलाई त्रिशूली अस्पतालको आइसोलेसन पठाइएकोमा परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए।बाहिरबाट जिल्ला भित्रिएका र संक्रमणको आशंका भएका अधिकांशको चाहना घरमै बस्न देखिन्छ। त्यसैले उनीहरू गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका छैनन्। बाहिरबाट फर्किएका ४ सय ७ जना होम क्वारेन्टाइनमा छन्।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले त्रिशूलीस्थित तालिम केन्द्रको क्वारेन्टाइनमा श्रीमान्–श्रीमतीसमेत बसिरहेको बताए। महिलाका लागि छुट्याइएको त्रिशूली क्लिनिक जनसेवा अस्पतालको क्वारेन्टाइन पनि रित्तै छ। फागुन ३० देखि लकडाउनसम्ममा जिल्लामा ४ सय २५ जनाजति भित्रिएको तथ्यांक छ।‘क्वारेन्टाइनमा नबसे पनि कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न स्वास्थ्यकर्मीसहित वडामार्फत निगरानी गरेका छौं,’ प्रजिअ पोखरेलले भने।

विदुर नगरपालिकास्थित अस्थायी प्रहरी पोस्टमा राखिएका १० शय्या भने प्रहरी कर्मचारीलाई छुट्याइएको छ। सुविधासम्पन्न यो नयाँ भवन प्रहरीले आफ्ना लागि राखेको हो।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण
संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com