कोरोना प्रभाव : नेपालको अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतमा सीमित हुने
विदुर खबर, नुवाकोट । एसियाली विकास बैंक (एडीबीको) ले आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ५ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
एडीबीको वार्षिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक २०२० मा उल्लेख भएअनुसार यो वृद्धि अघिल्लो वर्षको ७ दशमलव १ प्रतिशतभन्दा कम हो ।नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक मुख्तर खामुद्खानोभले भन्नुभयो– ‘कोभिड–१९ महामारीको विश्वव्यापी विस्तार र त्यसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ । औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्नेछ । आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विप्रेषण घट्ने सम्भावना रहेको छ । धानको उत्पादन कम भएका कारण पनि आर्थिक वृद्धि कम रहने छ । कोभिड–१९ का कारण अवस्था अरु बिग्रियो भने आव २०७६/७७ को वृद्धि अहिले अनुमान गरिएभन्दा अरु कम हुन सक्नेछ ।’
आज सार्वजनिक गरिएको नेपाल म्याक्रोइकोनोमिक अपडेटमा उल्लेख भएअनुसार कोभिड–१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधलाई प्रतिम्बित गर्दै आव २०७६/७७ मा वार्षिक औसत मुद्रास्फीति ६ प्रतिशत वृद्धि हुनेछ जुन अघिल्लो वर्ष ४ दशमलव ६ प्रतिशत थियो । आव २०७६/७७ को सात महिनामा खाद्य तथा ऊर्जा जस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४ दशमलव २ प्रतिशतको तुलनामा उल्लेख्य रुपमा बढेर औसतमा ६ दशमलव ५ प्रतिशत रहेको छ । वि।स। २०७६ को माघको अन्त्यमा तरकारी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढेको छ ।
कोभिड–१९ का कारण अस्थायी रुपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको छ । प्रतिवेदनको अनुसार कोभिड–१९ को महामारीका कारण अवस्था अरु बिग्रियो भने आव २०७६/७७ मा मुद्रास्फीति अहिले अनुमान गरिएभन्दा अझ बढी हुनसक्ने उल्लेख छ ।
आव २०७६/७७ को सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४ दशमलव ९ प्रतिशतले घटेको छ । खासगरी भारतमा पाम तेल र अलैँचीको निर्यात वृद्धि र निर्माण सामग्री, सवारी साधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ ।
सुधारिएको व्यापार सन्तुलनले २०७६ को माघको अन्त्यसम्म चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ५० करोड डलरबाट १ अर्ब डलरमा राख्न सहयोग गरेको छ । पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा आव २०७५/७६ को कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान छ । तथापि आव २०७६/७७ को अन्तिम त्रैमासमा विप्रेषणमा उल्लेख्य कमी आयो भने यो अझ बढ्ने सम्भावना छ ।
कोभिड–१९ चाँडै समाप्त हुने, कोभिडपछिका आर्थिक गतिविधि सुचारु हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडीबीले आव २०७७/७८ ९सन्२०२१० मा नेपालको कुल गार्हस्थ उत्पादन ६।४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले आव २०७७/७८ (सन् २०२१) मा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ ।
प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थिक वृद्धिलाई थप बल प्रदान गर्नेछ । कोभिड–१९ को अवरोधपछिका गतिविधिहरु सामान्य अवस्थामा फर्कने, कृषि उत्पादन राम्रो रहने र पेट्रोलियम पदार्थको मूल्य घट्ने तथा भारतको मुद्रास्फीतिमा सामान्य वृद्धि हुने अनुमानका आधारमा आव २०७७/७८ मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने छ । पुँजीगत वस्तु आयातमा वृद्धि हुँदा चालु खाता घाटा आव २०७६/७७ ९ को कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतबाट ५ दशमलव ६ प्रतिशतमा बढ्नेछ । तर, यो घाटा पेट्रोलियम पदार्थको मूल्यमा कमी आउने, राम्रो विद्युत् आपूर्तिका कारण पेट्रोलियम पदार्थको आयातमा क्रमशः कमी आउने र भारतमा विद्युत् निर्यातमा वृद्धि हुने कुरामा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ ।
आव २०७७/७८ को सम्भाव्य जोखिममा कोभिड–१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्न सक्ने सम्भावना रहेको छ । असामान्य मनसुन र बाढीपहिरो जस्ता प्राकृतिक जोखिमले कृषि उपजमा कमी ल्याउनुका साथै पूर्वाधारहरुमा क्षति पु¥याउन सक्दछ । प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरुको खर्च कमजोर बनाउँछ ।
कोभिड–१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउनेछ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्नेछ । एडीबी आफ्ना प्रयासमार्फत चरम गरिबी अन्त्य गर्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्र निर्माणका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया