छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा
विदुर खबर
२०७६ चैत २० गते १७:२६
नुवाकोट । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे । उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया