नुवाकोटमा विदेशबाट फर्किएका १ सय १८ जना होम क्वारेन्टाइनमा
नुवाकोट । नुवाकोटमा विदेशबाट फर्किएका १ सय १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना भाइरस कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिका भित्रका रहेका छन् ।
बिदुर नगरपालिकाको ४२ जना, बेलकोटगढी नगरपालिकाको ३८ जना, लिखु गाउँपालिकाको ६ जना तादीको ७ जना, म्यागङ्घको १० जना होम क्यारेन्टाइनमा बसेका छन् । यस्तै, तारकेश्वरको ४ जना, पञ्चकन्याँको ५ जना र सुर्यगढी गाउँपालिकाको २ जना होम क्यारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बिशेषगरी भारत, मलेसिया, कतार, दुबै लगायत देशबाट नागरिकहरु आएका छन् ।
यसैक्रममा बिदुर नगरपालिकाको त्रिशूली स्थित शैक्षिक तालिम केन्द्रमा तयार गरेको क्वारेन्टाईनमा २ जना र तादी गाउँपालिकाको खरानीटारमा तयार पारिएको क्वारेन्टाईनमा १ जनालाई राखिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपि राजेश थापाले बताउनुभएको छ ।हाल जिल्लाको १२ वटै स्थानीय तहका वडा कार्यालयले लगत लिने र स्वास्थ्य परीक्षण गराउने कार्य गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया