नुवाकोटमा विदेशबाट फर्किएका ३२ जना होम क्‍वारेन्टाइनमा

विदुर खबर २०७६ चैत १३ गते २१:०४

नुवाकोट । नुवाकोटमा विदेशबाट फर्किएकाको लगत संकलन गरी होम क्‍वारेन्टाइनमा राख्‍न थालिएको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको खतरालाई न्यूनीकरण गर्न बिहीबारसम्म ३२ जनालाई होम क्‍वारेन्टाइनमा राखिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिकाभित्रका छन् । नगरमा २२ जना विदेशबाट आएको तथ्यांक छ । त्यसैगरी तादी गाउँपालिकामा १ जना, तारकेश्वरमा ३ जना, लिखु गाउँपालिकामा ३ जना र बेलकोटगढी नगरपालिकामा ३ जना छन् ।

जिल्लाका १२ वटै स्थानीय तहका वडा कार्यालयले लगत लिने र स्वास्थ्य परीक्षण गराउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले बताए । दुबईबाट १०, भारतबाट १०, कतारबाट ३, मलेसिया ४, साउदीबाट १, जापानबाट १ र पोर्चुगलबाट १ जना जिल्ला भित्रेका छन् । विनपा ५ र तारकेश्वर गाउँपालिका जोरचौताराका १/१ जना कुन देशबाट आएको भन्‍ने खुलेको छैन ।

Advertisement

प्रतिक्रिया