नुवाकोटमा निषेधाज्ञा जारी, नमान्नेलाई ६ महिनासम्म् जेल हालिने

विदुर खबर २०७६ चैत ११ गते १३:५२

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नुवाकोटभर निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

मंगलवार जिल्ला प्रशासन कार्यालय विदुरमा बसेको सुरक्षा समितिको बैठकले नुवाकोटमा आगामी मंगलबार १८ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैरेले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा औषधी उपचार, खाध्यवस्तु खरिद जस्ता अत्याआवश्यक काम वाहेक कुनैपनि व्यक्ति घरबाट वाहिर निस्कन नपाउने बताइएको छ ।

निषेधाज्ञाको पालना नगरेमा व्यक्तिलाई संक्रमण रोग ऐन २०२० को दफा ३ को १ अनुसार एकमहिना सम्म कैद वा उत्त ऐनको दफा ३ को २ अनुसार ५ महिनासम्म कैद सजाय हुने बताइएको छ ।

Advertisement

त्यस्तै बैठकले अनुमतिप्राप्त सवारीसाधन,स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने वाहेक सबै प्रकारका सवारीसाधन संचालनमा रोक लगाउने निर्णय भएको सहयाक प्रजिअ गैरेले बताए ।
त्यस्तै बैठकले खानेपानी, इन्धन,दुध र अन्य कारखानाका मजदुरहरुलाई विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया