स्थानिय तहका प्रमुखहरुलाई कार्यालय नछोड्न नुवाकोट प्रशासनको निर्देशन

विदुर खबर २०७६ चैत १० गते १८:४०

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटकोले जिल्लामा रहेका स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई कार्यालय नछोड्न निर्देशन दिएको छ ।

Advertisement

सोमबार प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलल एक विज्ञप्ती जारी कोरोना भाइरस संक्रमणले विश्व आतंकित भएको र त्यसको असर जिल्लामा पनि देखिन सक्ने भन्दै कुनैपनि हालतमा कार्यालय नछोड्न आग्रह गरेका छन ।

त्यस्तै अत्याआवश्यक बाहेक कुनैपनि कर्मचारीहरु विदामा नबस्न र विदा स्वीकृत नगराई वसेमा कर्मचारीको लागत तयार पारी जिल्ला प्रशासन कार्यालयमा ३÷३ दिनमा पठाउन निर्देशन दिइएको छ ।

Advertisement

यसअघि आजै बसेको जिल्ला सुरक्षा समितिको बैठकले नुवाकोटमा पनि कोरोनाको असर देखिन सक्ने भन्दै सावधानी अपनाउन भन्दै बुधवार विहानदेखि जिल्लालाई लकडाउन गर्ने घोषाणा गरिसकेको छ ।

यस्तो छ प्रशासनको पत्र

Advertisement

प्रतिक्रिया