चीनका लागि राजदूत प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन
विदुर खबर
२०७६ चैत १० गते १६:३५

नुवाकोट । संसदीय सुनुवाई समितिले मित्रराष्ट्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ । आज (सोमबार ) बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डेविरुद्ध समितिमा कुनै पनि उजुरी परेन् ।
उनकाअनुसार संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो र सो समयमा कुनै पनि उजुरी नपरेको सभापति कर्णले स्पष्ट पारे ।
सम्बन्धित
प्रतिक्रिया