गेर्खुमा एक वालिकाद्धारा आत्महत्या
विदुर खबर
२०७६ चैत ८ गते २१:०१
गेर्खु । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा एक बालिकाले शुक्रवार साँझ आत्महत्या गरेकी छिन ।
आत्महत्या गर्नेमा साविक गेर्खु गाविस वडा नम्बर ८ बडारी गाउँकी फडिन्द्र घिमिरेको १७ वर्षिय छोरी सन्तोषी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि काठमाण्डौको टिचिङ अस्पताल लगिएको विदुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया