कोरोना प्रभाव: सुनसान बन्दै नुवाकोटको सदरमुकाम
विदुर खबर
२०७६ चैत ५ गते १६:१६
विदुर । कोरोना भाइरसको संक्रमणका डरले अत्यावश्यक कामबाहेक सर्वसाधारणहरु घरबाहिर निस्कन छाडेका छन् । सर्वसाधारणहरुको आवतजावतमा कमी भएपछि त्यसको असर व्यापार व्यवसायमा पर्न थालेको छ ।
नुवाकोटको मुख्य बजार क्षेत्रहरु बट्टार, बिदुर, त्रिशूली, कोलनी लगायत क्षेत्रमा मानिसहरु निकै कम मात्रामा देखिन थालेका छन् । बिगतमा जाडो महिना सकिएर गर्मी मौसम सुरु भएको समयमा बजार क्षेत्रमा चहलपहल बढ्ने गरेपनि यसपटक त्यस्तो देखिएको छैन् ।
सरकारले सभा–सम्मेलन, भीडभाडलगायतका ठाउँमा नजान आग्रह गरेसंगै सदरमुकाममा कुनै पनि प्रकारका कार्यक्रमहरु नहुँदा सदरमुकाम सुनसान बन्दै गएको छ । नागरिकहरुको आवागमनमा कमी संगै सदरमुकाम क्षेत्रको होटल ब्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ भने सार्वजनिक यातायातमा यात्रा गर्नेहरुको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।
उत्तरगया दैनिकबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया