एकैदिनमा ३ हजारले घट्यो सुन, ताेलाकाे ७८ हजार ५ सय
विदुर खबर
२०७६ फागुन ३० गते २०:२७

नुवाकोट । शु्क्रबार सुनको मूल्य तीन हजारले घटेको छ ।
बिहीबार प्रतितोला ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७८ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया