नुवाकोट निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई पितृशोक
विदुर खबर
२०७६ फागुन २६ गते २१:४८

विदुर । नुवाकोट निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई पितृशोक परेको छ ।
उनका पिता साविक गेर्खु गाविस वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष हरिप्रसाद प्याकुरेलको सोमबार निधन भएको हो । लामो समयदेखि दम र उच्च उक्तचापबाट पिडित हुनुभएका प्याकुरलेको सोमवार ७६ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको परिवारजनले जनाएको छ ।
स्वर्गिय प्याकुरेलको हिन्दु परम्परा अनुसार सोमबार नै हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएकोे छ ।
सम्बन्धित
प्रतिक्रिया