कोरोना प्रभाव : संक्रमण फैलिएका ८ देशका नागरिकलाई नेपाल आउन रोक
विदुर खबर
२०७६ फागुन २६ गते १४:५२

नुवाकोट । सरकारले कोरोनाको संक्रमण फैलिएका थप तीन देशका नागरिकलाई नेपाल आउन रोक लगाएको छ।
सरकारले कोरोना नियन्त्रणका लागि गठन गरेको उच्चस्तरीय समितिले आइतबार स्पेन, फान्स र जर्मनीका नागरिकलाई नेपाल आउन रोक लगाएको हो। यसअघि, सरकारले कोरोनाको संक्रमण फैलिएका चीन, दक्षिणकोरिया, जापान, इरान र इटलीका नागरिकलाई आउन रोक लगाएका थियो।
ती देशका नागरिकलाई नेपाल आउनैपर्ने अवस्था भएमा कोरोना संक्रमण नभएको स्वास्थ्य सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने जनाएको छ। नेपालबाट संक्रमण फैलिएका देशमा नजानका लागि पनि सरकारले आग्रह गरेको छ। त्यसैगरि, नेपाल आउदा स्थलमार्गको प्रयोग गर्न नपाइने निर्णय पनि गरिएको छ।
Advertisement
यसअघि, मल्टीपल भिसा लिएर नागरिक भारतको बाटो हुँदै नेपाल आउन खोजेपछि सरकारले रोक लगाएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया