नुवाकोटका युवा जनप्रतिनिधिले गरे जनवादी विवाह

विदुर खबर २०७६ फागुन २५ गते १६:३२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य प्रदिप घिमिरेले जनवादी विवाह गरेका छन ।

Advertisement

उनले विदुर नगरपालिका वडा नम्बर ३ खड्गभन्याङ राजकुमार खड्काका छोरी सविता खड्कासँग जनवादी विवाह गरेका हुन । नुवाकोटको त्रिशुलीस्थिति रामन्दिरमा एक कार्यक्रमको आयोजना गरि वडासदस्य घिमिरेले विवाह गरेका हुन ।
विवाह कार्यक्रममा बोल्दै नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जनविवाहले युवाहरुलाई सकरात्मक सन्देश दिएको बताए ।

त्यस्तै बाग्मति प्रदेशका प्रदेशसभा सदस्य केशव पाण्डेले बजारमुल्य बढेको समयमा यस्तो विवाहले मितव्ययी अपनाउन सहयोग पुगेको उल्लेख गरे । त्यस्तै अनेरास्वीयुका केन्द्रिय सदस्य आरसी लामिछानेले हाम्रो संस्कार र संस्कृतिको रुपान्तरण गर्न जनवादी विवाहले सबैमाझ राम्रो सन्देश दिएको प्रतिक्रिया दिए ।

Advertisement

विवाह कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, गिता दाहाल, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल लगायतले पछिल्लो समय युवाहरुमा बढेको चेतनाको कारण धर्म संस्कृतिको रक्षा गर्दै गरिएको वैवाहिक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए । त्यस्तै जनवादी विवाह गरेका प्रदिप घिमिरेले आफुहरु जनप्रतिनिधि समेत रहेकोले समाजलाई सकरात्मक सन्देश दिनुपर्ने भएकोले जनवादी विवाह गरेको बताए । उनले अहिलेको समयमा  समयको अभाव भएकोले छोटो रुपमा वैधिक परम्परा अनुसार विहे गर्नुपर्नै भन्दै सबैले विवाहमा मितव्ययी अपनाउनुपर्ने बताए ।

विवाह समारोहमा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा,बाग्मति प्रदेशका प्रदेशसभा सदस्य केशव पाण्डे, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, विदुर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बद्री रिमाल, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार, वडा नम्बर १२ का वडाअध्यक्ष सिताराम अर्याल, अनेरास्वीयुका केन्द्रिय सदस्य आरसी लामिछाने, आरआर क्याम्पसका पुर्व स्व्वीयु सभापति राजकुमार राई, नेकपा नुवाकोटका सदस्य बुद्धि प्रधान, नेकपाकी नेतृ बृन्दा ढुङ्गाना, विदुर खानेपानी उपभोत्ता समितिका अध्यक्ष नारायण खनाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया