अधिकारीको अध्यक्षतामा नेपाल घरेलु तथा साना उद्योग महासंघ विदुर नगरपालिका कमिटि गठन
विदुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ बिदुर नगरपालिका संघको अध्यक्षमा राममणी अधिकारी चयन हुनु भएको छ ।
विदुर नगरपालिकामा रहेका घरेलु तथा साना उद्योगी व्यवसायिहरुको भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा शिबराज बोगटी, उपाध्यक्षमा सन्तुमायाँ तामाङ, महासचिबमा हरिराम भण्डारी र कोषाध्यक्षमा नारायण बोगटी चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा राजकुमार केसी, शंकर थपलिया, कृष्णबहादुर खड्का, भोला तिमल्सिना, पुर्षोतम रिमाल, सुर्य भट्ट र बैकुण्ठ बोगटी रहनुभएको छ । साथै, भेलाले सन्तुमायाँ तामाङको अध्यक्षतामा घरेलु तथा साना उद्योग महासंघ बिदुर नगरपालिका महिला समिति समेत गठन गरेको छ । समितिको सचिबमा शुसिला वाइवा, सदस्यहरुमा सुजना खतिवडा, ज्ञानु तामाङ, गिता पुडासैनी, सुन्तली श्रेष्ठ र गोमा नेपाल चयन हुनु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोटको अध्यक्ष सिताराम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुर्य कडेल, बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गिता कुमारी दाहाल, उद्योग महासंघको बागमती प्रदेश सचिब शान्ती प्रधान सदस्य नारायण बस्नेत लगायतको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा
कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम





प्रतिक्रिया