प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्तामा डिस्चार्जको तयारी
काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको शरीरमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले अस्पतालको प्रत्यारोपण उपचार कक्षमा रहेका उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको चिकित्सकहरुले बताएका छन् ।प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिब्या सिंहका अनुसार ओली खतरामुक्त छन् ।
अहिलेसम्म स्वस्थ्य राम्रो रहेको र आगामी दिनमा पनि नराम्रो हुनुपर्ने कुनै कारण नभएको भन्दै उनले भनिन्, ‘जुन हिसाबले सुधार भएको छ, त्यस हिसाबले पाँचौं दिनमा डिस्चार्ज गर्ने गरेका छौं । तर प्रधानमन्त्रीको त्यहाँ (बालुवाटार) गएपछि त्यति आराम हुँदैन । त्यसैले एक हप्ता राख्ने विचार गरेका छौं ।’डा. सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई एक महिनासम्म हाइ डोजको औषधी दिइनेछ ।
त्ययपछि क्रमशः डोज कम गरिनेछ । हाइ डोजको औषधी चलाउँदासम्म नजिक धएर भेटघाट र कुराकानी गर्न रोक लगाइने चिकित्सकहरुले बताएका छन् । डिस्चार्ज भएपछि पनि समयमा खाना खाने, समयमा सुत्ने र आराम गर्नुपर्ने डा. सिंहले बताइन् । उनले भनिन्, ‘एक महिनासम्म सामिप्यमा आएर कुरा गर्न रोक लगाइनेछ ।’प्रत्यारोपणमा शिक्षण अस्पतालका १६ जना डाक्टर र अस्पतालका अरु स्टाफको संलग्नता थियो ।
डा. सिंहका अनुसार ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट तीन जना चिकित्सकसमेत बोलाइएको थियो । उनले भनिन्, ‘हामी विश्वस्त थियौं किनकी हामीले गरिराखेको काम हो । कुनै पनि कमी नहोस् भनेर मैले नै बोलाएकी हुँ ।’भारतबाट बोलाइएका चिकित्सक १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गर्नेहरु नै थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया