सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, एकैदिन २२ सय रुपैयाँले बढ्यो
विदुर खबर
२०७६ फागुन २१ गते १९:३८

नुवाकोट । फागुन २१ गते बुधबार सुनको मूल्य उच्च रुपले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसदिन सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो ।
बुधबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च उच्च मूल्य हो ।
फागुन १२ गते सुनको मूल्य ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७८ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया