सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, एकैदिन २२ सय रुपैयाँले बढ्यो
विदुर खबर
२०७६ फागुन २१ गते १९:३८
नुवाकोट । फागुन २१ गते बुधबार सुनको मूल्य उच्च रुपले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसदिन सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो ।
बुधबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च उच्च मूल्य हो ।
फागुन १२ गते सुनको मूल्य ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७८ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया