कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान नछाड्ने : खतिवडा

विदुर खबर २०७६ फागुन २१ गते १९:३३

नुवाकोट । डा. युवराज खतिवडा अर्थ मन्त्रालय सम्हाल्न फर्किएका छन् । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा बुधबारनै फेरि अर्थ मन्त्रालय सम्हाल्न फर्किएका हुन् ।

Advertisement

संविधानको धारा ७८ अनुसार खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका हुन् । खतिवडाले अपराह्न सपथ लिए लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई अर्थसँगै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

नवनियुक्त अर्थमन्त्री खतिवडाले पदभार ग्रहण गर्दै विकास र सामाजिक न्यायको लडाकु भएकाले कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान नछाड्ने बताए । उनले भने, ‘बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन ।’

Advertisement

मन्त्री खतिवडाले मुलुकका गरिबी, अभाव, अन्याय विरुद्ध लडिरहने भएकाले यसको कुनै समय सीमा नहुने बताए ।

प्रतिक्रिया