कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान नछाड्ने : खतिवडा
नुवाकोट । डा. युवराज खतिवडा अर्थ मन्त्रालय सम्हाल्न फर्किएका छन् । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा बुधबारनै फेरि अर्थ मन्त्रालय सम्हाल्न फर्किएका हुन् ।
संविधानको धारा ७८ अनुसार खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका हुन् । खतिवडाले अपराह्न सपथ लिए लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
नवनियुक्त अर्थमन्त्री खतिवडाले पदभार ग्रहण गर्दै विकास र सामाजिक न्यायको लडाकु भएकाले कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान नछाड्ने बताए । उनले भने, ‘बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन ।’
मन्त्री खतिवडाले मुलुकका गरिबी, अभाव, अन्याय विरुद्ध लडिरहने भएकाले यसको कुनै समय सीमा नहुने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया