सेयर बजारमा पहिरो, नेप्से परिसूचक ६६ अंकले घट्यो
विदुर खबर
२०७६ फागुन १९ गते १२:४७
नुवाकोट । साताको दोस्रा दिन सोमबार पनि सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेको डेढ घण्टामै सेयर कारोबार मापक नेप्से परिसूचक ६६ दशमलव ८५ अंकले ओरालो लागेको छ ।
आइतबार ४० दशमलव ८२ अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार कारोबार खुलेसँगै ओरालो लाग्न शुरु भएको थियो । कारोबार खुलेको पहिलो घण्टामा नेप्से परिसूचक ६६ दशमलव ८५ अंकले घटेर १ हजार ५ सय २५ दशमलव ५५ अंकमा झरेको छ ।
यो आइतबारको तुलनामा ४ दशमलव १४ प्रतिशतले कमी हो । नेप्से परिसूचकमा ओरालो लागे पनि सेयर कारोबार भने उल्लास कायमै देखिएको छ । कारोबार रकम १ अर्ब ७५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया