भक्तपुरका होटलमा प्रहरीको छापा, १६ जना पक्राउ
प्रहरीले भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधिमा संलग्न रहेकाे अभियोगमा प्रहरीले शनिबार छापा मारेर १६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए-वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ पुरुष र आठ महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
जगाती क्षेत्रका होटल तथा रेष्टुरेष्टमा छाडा यौन गतिविधि भइरहेको गुनासो आएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जोशीले बताउनुभयो । अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानूनविपरीतका गलत कार्य हुँदै आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको बताएको छ ।
नियन्त्रणमा लिएका महिला तथा पुरुषलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिएको र उनीहरुलाई पहिलोपटक चेतावनी दिएर छाडिने तयारी गरेको प्रनाउ जोशीको भनाइ छ ।
प्रहरीले अरनिको राजमार्ग खण्डकै ठूला होटल र ठूला होटलभित्र कटेज बनाएर यौनधन्दा चलाउँदै आएका होटल रेष्टुरेष्टमा भने छापा नमार्ने गरेको गुनासो स्थानीयवासीको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया