बाँस्कोटाको तीर प्रचण्डतर्फ
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको इसारामा अनधिकृत रुपमा अडियो रेकर्ड भएको संकेत गरेको भोलिपल्ट निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रेस खरिदमा जोडिएका विजय मिश्रको सम्बन्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाललसँग रहेको संकेत गरेका छन् ।
बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मिश्रविरुद्ध दर्ता गरेको झुटा लाञ्छना तथा गाली बेइज्जती मुद्दामा मिश्र दाहाल प्रधानमन्त्री भएको पालामा एजेन्ट बनेको भन्दै आफू कहाँ आइपुगेका उल्लेख गरेका छन्। अदालतमा पेस गरेको फिराद पत्रको सातौं बुँदामा ‘तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी बोर्डको अध्यक्ष हुनुभएको समयमा मिति २०७३/०९/२४ मा बसेको लगानी बोर्डको पच्चिसौं बैठकबाट निर्णय भइ मिति २०७३/१०/०२ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले (मिश्र) ले जानकारी गराएका थिए’ भन्ने उल्लेख छ।
सातौं बुँदामा उनले यो उल्लेख गरेर मिश्र विगतमा दाहालकै पालामा सुरक्षण मुद्रणको एजेन्ट भएको जनाउ दिएका छन्। फिराद पत्रको तेस्रो बुँदामा पनि बाँस्कोटाले नेकपा अध्यक्ष दाहालको प्रसंग उठाएका छन्। सुरक्षण मुद्रण विकास समिति दाहालकै पालामा गठन भएको उल्लेख गरेका छन्। बाँस्कोटाले विकास समिति गठन र मिश्र दाहाल पालाम नै ‘लगानी बोर्डबाट सम्भाव्यता अध्ययन गर्न पत्र पाएको व्यक्ति हुँ’ भनेर भेट्न आएको प्रसंग जोडेर आफ्नो घटनाक्रमको तीर दाहालतर्फ सोझ्याएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया