कोरोनाको अति उच्च जोखिममा नेपाल
नुवाकोट । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।
डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।
‘नेपाल मात्रै होइन, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने ।
यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।
नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको महानिर्देशक श्रेष्ठले बताए ।
डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले विभागसंग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।
महानिर्देशक श्रेष्ठले भने, ‘अहिले आत्तिनु पर्ने अवस्था त होइन तर विभिन्न देशमा फैलिएको यो भाइरसको सम्भावित प्रकोप रोक्नका लागि हामी थप उच्च सतर्कतामा बस्नै पर्ने भयो । त्यसैले पूर्वनिर्धारित तालिम गोष्ठि, कार्यक्रम सबै स्थगित भएको छ । हामी सबै महाशाखालाई विभिन्नरुपमा कोरोनाविरुद्धको अभियानमा परिचालन गर्दैछौँ ।,’
उनले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा भने रहनुपर्ने बताए । उनले विदेशमा रहेका आम नेपाललाई पनि सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरे ।
एयरपोर्टको हेल्थ डेस्कमा मन्त्रीदेखि प्रधानमन्त्रीको चासो
विदेशीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केही बर्ष अघि देखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो समय कोरोनाको प्रकोप बढेपछि सो डेस्कलाई थप व्यवस्थित बनाएको छ । थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ । तर सो कार्य प्रभावकारी नभएको हवाई यात्रुहरुले बताउँदै आएका छन् ।
‘न थर्मल स्क्यानरले काम गरेको छ, न इन्फाइरेड थर्मामिटरले जाँच गरेको छ । प्लेनबाट झरेपछि सिधै अध्यागमनमा पुगियो,’ केही दिन अघि विदेशबाट आएका डा बुद्धिमान श्रेष्ठले भनेका थिए ।
यस्तो गुनासो धेरै सुनिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चासो लिएका छन् । उनीहरुले एयरपोर्टको हेल्थ डेस्कलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएका छन् ।
‘अहिले एयरपोर्टको हेल्थ डेस्कको बारेमा गुनासा र चासो बढी छ । हामीले त्यहाँको सेवा चुस्त बनाउनलाई तिब्रता दिएका छौँ,’ महानिर्देशक श्रेष्ठले भने ।
हेल्थ डेस्कमा भद्रगोला भएपछि लाइन मिलाउन प्रहरी राखिदैँ
हवाईयात्रुहरुले एकैपटक हुलमुल गरी इमिग्रेसन तर्फ दौडँदा स्वास्थ्य जाँचमा समस्या भएको हेल्थडेस्कका कर्मचारीहरुले विभागलाई ब्रिफिङ गरेका छन् । ‘लाइन लागेर आउँदैनन, हतारो हुन्छ । ठेलमठेल गर्दै दर्गुछन् । त्यसैले पनि समस्या भएको हो ,’ एक स्वास्थ्यकर्मीले भने ।
स्वास्थ्य सचिव बरालले अब सबै हवाई यात्रुको क्रमैसंग स्क्यान गरेपछि मात्रै इमिग्रेसनमा जाने व्यवस्था मिलाइएको बताए । ‘अब हुलमुल गर्न पाइदैन, लाइन लगाएर एक एक गरी स्क्यान गरेपछि मात्रै इमिग्रेसन तर्फ पठाउने व्यवस्था मिलाउँदै छौँ । त्यसका लागि कम्तीमा दुई जना प्रहरी लाइन मिलाउन गृहमन्त्रालयसंग मागिएको छ । पर्यटन मन्त्रालयलार्य पनि जानकारी गराईएको छ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया