विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा

विदुर खबर २०७६ फागुन १३ गते १९:०१

काठमाडौँ ।नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

Advertisement

विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हडताल सफल पार्न आग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष डि. बी शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा शैक्षिक हडताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

Advertisement

फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यवहारको मुदा लगाएको छ ।

प्रतिक्रिया